१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

रविमाथि हर्क साम्पाङको बारम्बार आक्रमण, इलाममा जम्मा १०० जना मात्रै उपस्थित भएको दाबी



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले पछिल्लो राष्ट्रिय स्वतन्त्र पार्टीमाथि बारम्बार आक्रामण थालेका छन् । उनले आज रास्वपाको इलाममा उम्मेदवारी घोषणा सभालाई ब्यंग्य गर्दै जम्मा ४०० जना उपस्थित भएको दाबी गरेका छन् । मेयर साम्पाङले रास्वपाको आजको इलामको उम्मेदवार घोषणा सभालाई इंगित गर्दै सामाजिक संजाल फेसबुकको आफ्नो हर्क साम्पाङ रिभोलुसनमा जम्मा सय जना स्थानीय उपस्थित रहेको भन्दै ब्यंग्य गरेका छन् । उनले भनेका छन्, इलाममा जम्मा ४०० जना उपस्थित भएछन् । जसमा १०० जना इलाम बाहिरका, २०० जना प्रहरी र सय जना स्थानीय उपस्थित भएछन् । त्यस्तै उनले आजै पनि पुणसैनीको केस के भयो भन्दै प्रश्न पनि गरेका छन् । पछिल्लो समय बालेन शाह मौन बसेका छन् तर हर्क साम्पाङले भने रास्वपामाथि कडा शब्द बाण प्रहार गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !