१२ मंसिर २०८०, मंगलवार
 |   Tue Nov 28 2023
Logo

एमनेस्टी इन्टरनेशनलद्वारा भारतमा काम बन्द गर्ने घोषणा



अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले भारतमा आफ्नो काम बन्द गर्ने घोषणा गरेको छ।

प्रवर्तन निर्देशनालय (इडी) ले हालै संस्थाको खाता फ्रिज गरेको थियो । सरकारले गरेको ‘अवरोध तथा आक्रमण’ का कारण काम बन्द गर्ने निर्णय गर्नु परेको संस्थाले जनाएको छ ।

भारत सरकारले मानव अधिकारवादी संस्थाहरुमाथि ‘विच–हन्ट’ गरिरहेको आरोप पनि एमनेस्टीले आरोप लगाएको छ ।

सरकारले आफ्ना कर्मचारीलाई बिदा गर्न बाध्य पारेको तथा आफूहरुका सबै अभियान र अनुसन्धानात्मक कार्य रोक्न बाध्य पारेको पनि एमनेस्टीले जनाएको छ ।

भारत सरकारले एमनेस्टीको आरोपबारे प्रतित्रिया दिइसकेको छैन।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय