१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सुशील कोइराला क्यान्सर अस्पतालमा आगलागी



नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा आगलागी भएको छ । आइतबार दिउँसो साढे चार बजे विभागको सिटी स्क्यान रुमबाट आगो सल्किएको थियो । करिब २५ मिनेटपछि पुगेको नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्रसहितको टोलीले डेढ घण्टापछि आगलागी नियन्त्रणमा लिएको बारुणयन्त्र शाखाका प्रमुख झइनबहादुर खड्काले बताए । अल्ट्रासाउण्ड, एक्स रे, लिन्याक मेसिन, सिटी स्क्यान लगायतका उपकरण राखिएको रेडियोलोजी विभागका कोठाहरुमा धुवा भरिएकाले आगलागी नियन्त्ररण गर्न धेरै समय लागेको प्रमुख खड्काले बताए ।


प्रतिक्रिया दिनुहोस !