१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

जिल्ला समन्वय समिति बागलुङद्वारा योजना अनुगमन



थम्मन थापा- बागलुङ, चैत २०

जिल्ला समन्वय समिति बागलुङले योजना अनुगमन गरेको छ । गलकोट नगरपालिका भित्र सञ्चालित योजनामा जिल्ला समन्वय समितिका प्रमुख अम्मर बहादुर थापा सहितको पदाधिकारी टोलीले गलकोट नगरपालिका वडा नं १ को निर्माणाधिन स्वास्थ्य चौकी, वडा कार्यालय भवनको बाँकी काम, वडा नं २ को ग्रामिण सडक, वडा नं ४ को ओखरबोट, बौर सडक, वडा नं ९ को बौर टिमुरबोट सिचाई कुलो, वडा नं ८ को पचुवा बजार क्षेत्रको ढलान सडकको अनुगमन गरेको जिल्ला समन्वय समिति बागलुङले जनाएको छ । 

गलकोट नगरपालिकामा सञ्चालित योजना अनुगमन गर्न जिल्ला समन्वय समितिका प्रमुख अम्मर बहादुर थापा, गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरे, जिल्ला समन्वय समिति सदस्य हर्क बहादुर पाण्डे, सदस्य धना खत्री, जिल्ला समन्वय अधिकारी कृष्ण प्रसाद गौतम, कर्मचारी दुर्गा शर्मा, गलकोट नगरपालिकाका ईन्जिनियर बलबिक्रम दाहाल योजना स्थल पुग्नुभएको थियो । 

संघ र प्रदेश सरकारले लगानी गरेका योजनामा आफूहरूले स्थलगत अनुगमन गरेको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मर बहादुर थापाले जानकारी दिनुभयो । योजना अनुगमनको क्रममा काम सन्तोषजनक पाईएको, योजना समयमै सम्पन्न भएको पाइएको छ, उहाँले भन्नुभयो । उहाँले केही स्थानका योजनामा उदारणिय काम भएको समेत उल्लेख गर्नुभयो । सबै स्थानमा एकै किसिमका छैनन्, तर विशेष गरि संघ र प्रदेश सरकारको लगानीका योजनामा अनुगमनलाई प्रभावकारी बनाउन योजना अनुगमन गरिएको थापाको भनाई छ ।

जिल्ला समन्वय समितिले समेत अनुगमनमा सक्रियता देखाएसँगै निर्माण व्यवसायी तथा उपभोक्ता समिति समेत सचेत हुन थालेको स्थानीयले बताए ।

समन्वय समितिले विशेष गरि अनुगमनमै ध्यान दिनुपर्ने हो, एक स्थानीयले भनें, योजनाको मात्रै नभएर समग्र अवस्थाको अनुगम गर्ने हो भनें थप सहज हुने र भ्रष्टाचार कम हुने थियो । 

प्रभावकारी अनुगमन गरि काम नगर्नेलाई कारवाहीका लागि सिफारिस गर्ने समन्वयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !