Saturday, December 7, 2024
spot_img

ट्रेन्डिङ :

विश्वकै महँगो चकलेट, ५० ग्रामको मूल्य साढे ६५ हजार रुपैयाँ

spot_img
spot_img

चकलेट बच्चादेखि युवा युवती अनि बुढापाकासम्म अधिकांशलाई मन पर्छ । तपाईँले किन्नु भएको सबैभन्दा महँगो चकलेट कति मूल्यको थियो ? ट्रफल हालिएको आइस क्रिमदेखि सुनौलो स्यान्डबीचसम्म विश्वभर अनेकौँ खालका महँगा गुलिया अनि मिठा खानेकुरा पाइन्छ । यी सबै खानेकुरा अरूको ध्यान खिच्न बनाइएका खानेकुरा मात्रै हुन् । केही यस्ता खानेकुरा पनि छन् जसलाई महँगो बनाउन अति नै महँगा इन्ग्रेडियन्टहरू राखिएको पनि हुन्छ । 

तो’आक विश्वको सबैभन्दा महँगो चकलेट ब्रान्ड भएको दाबी कम्पनीले गरेको छ । इक्वेडरमा बनाइने यो चकलेटका लागि चाहिने नासियोनल कोकोआ त्यहाँको पियद्रा दि प्लाटा उपत्यकाको १४ वटा फारममा मात्रै खेती गरिने बताइएको छ । ५० ग्रामको यो चकलेटको मूल्य ४९० डलर अर्थात् ६५ हजार ५३७ नेपाली रुपैयाँ पर्छ । यो चकलेटका लागि यो रकम तिर्नु लायक छ कि छैन भन्ने कुरा यसलाई खाने व्यक्तिले बताउन सक्लान् । तर विश्वको सबैभन्दा महँगो चकलेट भन्दा धेरैले तो’आक भन्छन् ।

कम्पनीका सह–संस्थापक जेरी टोथले कम्पनीको ब्लगमा यसलाई विश्वको सबैभन्दा मूल्यवान चकलेट भएको दाबी गरेका छन् । चकलेटको सानो टुक्रालाई नै सयौं डलर पर्ने भनेपछि यो कस्तो इन्ग्रेडियन्टले बनाएको होला ? यो प्रश्न तपाईँको मनमा पनि उठेको होला । चकलेट महँगो हुनुको कारण एउटा मात्रै छैन । पहिलो कुरा त कम्पनीले यो चकलेट बनाउन उत्कृष्ट खालको नासियोनल कोकोआ मात्रै प्रयोग गर्नु हो । यो कोकोआलाई सन् २००९ मा नै संकटापन्नको सूचिमा राखिएको थियो । तर संयोगबस पियद्रा दि प्लाटा उपत्यकामा यो कोकोआका केही बोट भेटियो । पछि डीएनए परीक्षण गर्दा यो शतप्रतिशत नै नासियोनल कोकोआ भएको पाइयो । कम्पनीले कोकोआ किसानहरूलाई यसका लागि निकै ठुलो मूल्य तिर्ने गरेको छ । त्यसैले पनि चकलेट महँगो बनेको हो ।

त्यसपछि कुरा आउँछ चकलेट बनाउने प्रक्रियाको । यो कोकोआको दाना हातैले छानिन्छ । त्यसपछि ह्विस्की र कोग्न्याक बनाए जस्तै खालको प्रक्रिया अपनाइन्छ । यसबाट चकलेट तयार हुन केही महिनादेखि ८ वर्षसम्म लाग्छ । चकलेटको स्वाद बढाउन यसमा कम्बोडियन काम्पोट मरिच, इक्वेडरको पालो सान्तो बुड वा गालापागोस् सुन्तला जस्ता सुगन्धित वस्तु पनि हालिन्छ । 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?