१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

प्रतितोला चार सयले घट्यो सुनको मूल्य



स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु. चार सयले घटेको छ । 

सोमबार तोलामा रु. एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३१ हजार दुई सय निर्धारण भएको छ । 

यस्तै, तेजावी सुन सोमबार तोलामा रु. एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि रु. एक लाख ३० हजार पाँच सय ५० निर्धारण भएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । सोमबार प्रतितोला रु. एक हजार पाँच सय ३५ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार पाँच सय ४५ निर्धारण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !