१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

त्रिवि शिक्षण अस्पतालकी कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौँ | कोरोना भाइरस संक्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी महिला कर्मचारीको मृत्यु भएको छ। ५७ वर्षकी महिलाको उपचारका क्रममा अस्पतालमा निधन भएको अस्पतालका छाती रोग विशेषज्ञ डा.सन्त कुमार दासले जानकारी दिए। महिला अस्पतालको बि एडिक्सन वार्डमा कार्यरत महिला कर्मचारी उनलाई असोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

‘उहाँलाई १० वर्षदेखि दमको समस्या थियो, उहाँले थाइरोइडको औषधि पनि खाइराख्नुभएको थियो,’ दासले भने, ‘उहाँलाई आइसियूमा राखेर उपचार सुरु गरेका थियौँ, पछि भेन्टिलेटरमा पनि राख्यौँ। उहाँलाई प्लाज्मा राखेर पनि उपचार गरिएको हो तर बचाउन सकिएन।’


प्रतिक्रिया दिनुहोस !