१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

गुजरातलाई पराजीत गरेको नेपालले बरोडालाई पनि हरायो



काठमाडौं । भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोली विजयी भएको छ । सिरिजको दोस्रो खेलमा नेपालले बरोडालाई २७ रनले पराजित गरेको हो। नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो। नेपाली टोलीले दिएको १ सय ५७ रनको बलियो लक्ष्य पछ्याएको बरोडा निर्धारित २० ओभरमा १ सय २९ रनमा अलआउट भयो।

नेपालका लागि करण केसीले ३ विकेट र अविनास बोहोराले २ विकेट लिए। त्यसअघि गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा वरोडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५६ रनको बलियो योगफल तयार पारेको थियो। नेपालका लागि कुशल मल्ल ४० दिपेन्द्र सिहं ऐरि ५ रनमा नटआउट रहे।

सन्दीप जोरा २९ रन बनाउँदा रन आउट हुन पुगे। अनिल कुमार शाहले २५ रन, कप्तान रोहित पौडेल १८ रन, र गुलशन झा १३ रनमा आउट भए। बरोडाका लागि बाबा खानले २ तथा मोहित मोंगिया र परिक्षित पटिदारको नामा समान एक विकेट रह्यो। नेपालले बुधबार पुनः गुजरातसँग खेल्नेछ। नेपाली टोलीले शुक्रबार बरोडाविरुद्ध पुनः खेल्नेछ। शीर्ष २ मा रहने टोलीले फाइनल खेल्ने छन्।


प्रतिक्रिया दिनुहोस !