२४ मंसिर २०८०, आईतवार
 |   Sun Dec 10 2023
Logo

निर्मला हत्या प्रकरणमा निलम्बित प्रहरीको कारबाही फुकुवा गर्ने तयारी



काठमाडौं : असोज १३, निर्मला हत्या प्रकरणमा निलम्बनमा परेका प्रहरी अधिकारीहरु फुकुवामा पर्ने भएका छन् । कानुनअनुसार निलम्बित प्रहरीहरुलाई काममा फर्किने बाटो खुलेसँगै उनीहरु पुकुवामा पर्ने भएका हुन् । गत बिहीबार बसेको मन्त्री परिषद्ले प्रहरी नियमावलीको आठौं संशोधन स्वीकृत गरेसँगै उनीहरुको काममा फर्किने बाटो खुलेको हो । पहिलेको प्रहरी नियामावालीमा प्रहरी अधिकारीलाई लागेको मुद्दाको अन्तिम किनारा नलागेसम्म जागिरमा पुनर्वहाली हुन नपाउने व्यवस्था थियो । तर अहिले संशोधन गर्दा अन्तिम किनारा भन्ने शब्द हटाइएकाले कानुनत उनीहरु काममा फर्किने बाटो खुलेको हो ।

योसँगै प्रहरी प्रधान कार्यालय, नक्सालले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको हत्या काण्डमा निलम्बित प्रहरी अधिकारीलाई काममा फर्काउन तयारी छ । २ बर्षअघि निर्मला हत्या काण्डमा आधा दर्जनभन्दा बढी प्रहरी अधिकारीहरु निलम्बनमा परेका थिए । जसमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन डीएसपी अंगुर जिसी, जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामी, तत्कालीन ‘सिन अफ क्राइम सोको’ अफिसर प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय