७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

तनावमा हुनुहुन्छ ? चकलेट खानुहोस्  



बच्चादेखि वृद्धवृद्धासम्म, चकलेट खान मन नपराउने मानिस सायदै कोही होला । स्वादका लागि मात्रै होइन् चकलेटले हामो स्वास्थ्य र सौन्र्दयलाई समेत फाइदा पुर्‍याउँछ । यस्तै, विभिन्न अध्यनअनुसार चकलेट खाँदा तनाव पनि कम हुन्छ ।

बजारमा विभिन्न प्रकारका चकलेटहरु पाइन्छ । त्यसमध्ये सबैभन्दा राम्रो डार्क चकलेट मानिन्छ । डार्क चकलेटमा सुगरको मात्रा कम हुने भएकाले यो कलेट स्वास्थको लागि धेरै नै लाभदायक हुन्छ ।

जान्नुहोस् चकलेट खाँदा मिल्ने फाइदा

तनाव कम गर्छ
तपाईं कुने प्रकारको तनावमा हुनुहुन्छ भने चकलेट तपाईंको त्यस्तो साथी हो जसले तपाइँलाई केही क्षणमै तनावमुक्त बनाउन सहयोग गर्छ ।

छालालाई स्वास्थ्य राख्छ

चकलेटमा एन्टी अक्सिडेन्टको गुण भरपुर हुन्छ जसले तपाईंको छालामा देखिने ढल्कँदै गरेको उमेरको लक्षणहरु, चाँया र दागहरु कम गर्छ । साथै तपाईंको छाला र अनुहार जवान देखाउँछ ।

कोलेस्ट्रोल कम गर्छ

शरीरमा हुने एलडिएन कोलेस्ट्रोल अर्थात नराम्रो कोलेस्ट्रोललाई कम गर्नको लागि चकलेट धेरै नै उपयोगी हुन्छ । यसले कोलेस्ट्रोललाई कम गरेर मोटोपना घटाउँछ ।

स्मरण शक्ति तृज हुन्छ

एक अध्ययनका अनुसार दैनिक २ कपतातो चकलेट ड्रिंक पिउनाले दिमाग स्वस्थ हुन्छ र स्मरणशक्ति तेज हुन्छ । चकलेटले दिमागमा रक्त सञ्चार राम्रो हुन्छ ।

मुटुसम्बन्धी रोगबाट बचाँउछ

चकलेटको सेवनले मुटुरोगको सम्भावनालाई कम गर्छ ।


प्रतिक्रिया दिनुहोस !