१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

भारतबाट बाबु खोज्दै चार बालबालिका जुम्ला पुगे



जुम्ला । ठेगाना पहिचान नभएका चार बालबालिका अभिभावक खोज्दै जुम्ला पुगेका छन् । उनीहरूले बुवाले आफुलाई छोडेर भागेपछि भारतबाट यहाँ पुगेको बताएका छन् । बालबालिकाका अनुसार भारतको पञ्जाबमा नोकरी गर्दै आएका बेपत्ता बाबुको खोजी गर्दै चार जना बालबालिका जुम्ला पुगेका हुन् ।

तीन वर्षदेखि बेपत्ता बाबु सन्तोष बिकको खोजी गर्दै कैलाली स्थायी ठेगाना बताउने १७ वर्षीया मधु विक, १६ वर्षीया गीता विक, नौ वर्षीय नवीन विक र तीन वर्षीय आशिष विक जुम्ला सदरमुकाम खलङ्गा पुगेका प्रहरीले जनाएको छ ।

उनीहरूले आफूहरू चारै जना भारतको पञ्जाबमा जन्मिएको बताएका छन् । जुम्लाको बसपार्कमा बेबारिसे अवस्थामा रहेका उनीहरूलाई स्थानीयको सहयोगमा स्थानीय प्रशासन र प्रहरीले अहिले अस्थायी रुपमा जुम्लाको अल्पकालीन आश्रयका लागि सेवा केन्द्रमा राखिएका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले उनीहरूको ठेगाना पहिचानका लागि लागि परेका छौ । प्रहरीले जुम्लाबाट विभिन्न जिल्लामा उनीहरूको हुलिया सहित पठाएर बालबालिका हराएको भए सम्पर्कमा आउन भन्दै सञ्चार गरेको समेत जानकारी दिनुभयो ।

‘नेपालमा घर कैलाली जिल्लामा छ भन्ने सुनेका थियौँ तर कुन ठाउँ, हो थाहा नभएको उनीहरूले भन्ने गरेका अल्पकालीन आश्रयमा राखिएका सेवा केन्द्रका अध्यक्ष भगवती श्रेष्ठले जानकारी दिनुभयो ।

जुम्ला आएकी १० वर्षीय मधुले भन्नुभयो, ‘सानो भाइ एक महिना हुँदै आमा सपना विकको उपचारका क्रममा अस्पतालमै निधन भएको र बुवाले अर्की आमा लिएर भागेको बताउनुहुन्छ ।

उहाँका अनुसार बाबुले अर्कै बिहे गरेपछि चारै भाइबहिनी पञ्जाबमा विचल्लीमा थिए । त्यसमध्ये सबैभन्दा सानो भाई आशिष अहिले तीन वर्ष पुगेको छ । मधुका अनुसार भारतमा अहिले कोरोना फैलियो । त्यसपछि मजदुरी गर्ने ठाउँ नभएपछि नेपाल आएको उनीहरू बताउँछन् ।

सबै नेपाली नेपाल फर्कन थालेपछि हामी पनि नेपाल आयौ, नेपालगञ्ज, सुर्खेत हुँदै जुम्ला आएका बालबालिकाहरूले जनाएका छन् । उनीहरू बाबु खोज्दै जुम्ला पुगेको पनि उनीहरू १२ दिन भएको छ । उनीहरूको पुनस्र्थापनका लागि भने प्रयास भईरहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सेफ हाउसमा राखिएको र अव कसरी अगाडि बढ्ने छलफल भईरहेको छ ।

यसैगरी चन्दननाथ नगरपालिकाले उनीहरूलाई आज सुरक्षा सामग्री बितरण गरेको छ । नगरउपप्रमुख अप्सरादेवी न्यौपानेले सो सामग्री हस्तान्तरण गर्नुभएको स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर बहादुर महतले जानकारी दिनुभयो ।- गोरखापत्र अनलाइनबाट


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय