Wednesday, January 15, 2025

ट्रेन्डिङ :

यस बर्ष धनुषामा दशैंमा बली प्रथा नहुने

spot_img
spot_img
spot_img

जनकपुरधाम | कोरोना महामारीलाई मध्यनजर गर्दै यसवर्ष धनुषा जिल्लामा विजयी दशमीमा बली प्रदान नहुने भएको छ।

प्रत्येक वर्ष विजया दशमीको अवसरमा जनकपुरधामको राजदेवी मन्दिरसहित जिल्लाभर हुँदै आएको बलीप्रदानलाई यस वर्ष जिल्ला प्रशासन कार्यालय धनुषाले रोक्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलवार एक सूचना जारी गर्दै कोरोना भाइरसलाई मध्यनजर गर्दै यसवर्षको वडा दसैँमा जिल्ला भित्रका सम्पूर्ण मठ मन्दिरहरुमा बोकाबली नचढाउने, कुनै किसिमको भीडभाड हुने क्रियाकलाप नगर्ने, प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा गर्ने भएको निर्णय पालना गर्न अनुरोध गरेको छ।

राजनैतिक दलका प्रतिनिधि, प्रदेशसभा सदस्य, सुरक्षा निकाय प्रमुख, नगरपालिका प्रनिनिधिहरुको उपस्थितिमा बसेको बैठकबाट जिल्ला प्रशासन कार्यालय धनुषाले यस्तो निर्णय गरेको हो।

बलीप्रदान शुल्कबाट आएका रकमबाट राजदेवी मन्दिरमा प्रत्येक वर्ष तामझाम गरिँदै आएको थियो ।

गत वर्ष राजदेवी मन्दिरमा मत्र १४ हजार ६ सय ३३ बोकाबली भएको थियो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?