११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

भारतका उपराष्ट्रपति नायडूलाई कोरोना संक्रमण



नयाँदिल्ली । भारतका उपराष्ट्रपति वेंकैया नायडूलाई कोरोना संक्रमण देखिएको छ ।

उपराष्ट्रपति नायडूको आधिकारिक ट्विटरमार्फत मंगलबार साँझ नायडूलाई संक्रमण भएको जानकारी दिइएको थियो ।

‘उपराष्ट्रपति नायडूको ट्वीटमा भनिएको छ,‘बिहान नियमित परीक्षण गर्दा कोभिड १९ संक्रमण पुष्टि भएको छ, यद्यपि लक्षण नदेखिएको र स्वास्थ्य सामान्य रहेको छ।’ हाल उनी घरमै क्वरेन्टाइनमा बसेका छन् ।

७१ वर्षीय नायडूमा कोरोना देखिएपछि उनकी श्रीमती उषा नायडूको समेत कोरोना परीक्षण गरिएको थियो । उनको रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ।

हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुने नायडू बहालवाला सबैभन्दा उच्च अधिकारी हुन् ।

यसअघि केन्द्रीय मन्त्रीहरु गृहमन्त्री अमित शाह, नितिन गडकरी, धमेन्द्र प्रधान, गजेन्द्र सिंह शोखावतमा पनि संक्रमण पुष्टि भइसकेको छ । र, सबै जना उपचारपछि निको भइसकेका छन् ।

विश्व भर महामारीको रुपमा फैलिएको कोराना संक्रमणबाट प्रभावित भारत दोस्रो मुलुक हो । अमज बिहानसम्म भारतमा ६२ लाख २३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ९७ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !