१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

एफटीआईआई समाज र गभर्निङ काउन्सिलको अध्यक्षमा फिल्म निर्देशक शेखर नियुक्त



एजेन्सी । बलिउडका निर्देशक शेखर कपुरलाई फिल्म एन्‍ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई) समाजका अध्यक्ष र एफटीआईआई गभर्निङ काउन्सिलका अध्यक्षमा नियुक्त गरिएको छ । उनको कार्यकाल ३ मार्च, २०२३ सम्म रहनेछ । यसको घोषणा मंगलबार सूचना एवं प्रसारण मन्त्रालयले गरेको हो ।

फिल्म संस्थानको सञ्चालन र प्रवर्द्धनका लागि फिल्म सोसाइटी, गभर्निङ काउन्सिल, एकेडेमिक काउन्सिल र स्ट्यान्डिङ फाइनान्समा यसको जिम्मेवारी सुम्पिएको छ । फिल्म संस्थानका यी अंगहरुमध्ये निर्देशक कपुरलाई फिल्म सोसाइटी र गभर्निङ काउन्सिलको अध्यक्षको जिम्मा दिएको हो ।

भारतीय साथै अन्तर्राष्ट्रिय चलचित्रमा पनि आफ्नो पहिचान बनाउन सफल कपुरले निर्देशन गरेका चर्चित चलचित्रमा ‘मासुम’, ‘बैन्डिट क्‍विन’ र ‘मिस्टर इन्डिया’ छन् ।

सामाजिक सन्‍जालमा पनि उत्तिकै सक्रिय कपुर सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा पनि आफ्नो अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् । –नवभारत टाइम्स


प्रतिक्रिया दिनुहोस !