२४ मंसिर २०८०, आईतवार
 |   Sun Dec 10 2023
Logo

नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाको लागि गरायो सरकारको ध्यानाकर्षण



काठमाडौँ – १७ औँ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका कुनै पहल नगरेको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

१८ औँ अनशनका बेला डा. केसीसँग गरिएको सम्झौता अनुसार सरकारलाई उनका माग पूरा गर्न संघले माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकार स्वयंले स्वामित्व ग्रहण गरिसकेका सम्झौताहरुको अक्षरस कार्यान्वयन गरी सर्व साधारण नागरिकहरुको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि भनी गरिएको १९ औँ शान्तिपूर्ण सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अबिलम्ब वार्ता टोली गठन गरेर डा. केसीको जीवन रक्षा गर्नु नेपाल सरकारकै प्रमुख दायित्व हो। त्यसैले सार्थक वार्ता गरी उत्पन्न समस्याको यथा सिघ्र समाधान निकाल्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ।’

डा. केसीको जीवन रक्षाका निम्ती सरकारले वार्ता टोली गठन नगरे कठोर कदम चाल्न बाध्य हुने संघले चेतावनी दिएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय