७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

अमिताभ बच्चनले गरे अंगदान गर्ने घोषणा



बलिउड अभिनेता अमिताभ बच्चनले अंगदान गर्ने घोषणा गरेका छन्। बच्चनले ट्वीट गर्दै आफूले अंगदान गर्ने जानकारी दिएका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘मैले अंगदान गर्ने संकल्प गरिसकेको छु। मैले यो हरियो रिबन यसको पवित्रताको लागि लगाएको हुँ।’

ट्वीटरमा उनले आफ्नो फोटो पनि पोष्ट गरेका छन्। जसमा उनले कोटमा हरियो रंगको रिबन लगाएका छन्। उनले ट्वीटमा यसैलाई संकेत गरेका हुन्।

उनको यस कार्यको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ। ७७ वर्षीय अभिनेता बच्चन अहिले पनि सामाजिक सञ्जालमा उतिकै सक्रिय छन्। उनी यतिबेला १२ औँ सिजनको ‘कौन बनेगा करोडपति’ सञ्चालन गरिरहेका छन्।

केही समयअघि कोरोना भाइरसबाट संक्रमित बनेका उनी संक्रमणमुक्त भएर काममा फर्किसकेका छन्।


प्रतिक्रिया दिनुहोस !