१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

सुदूरपश्चिममा नाउपाको हातबाट चिप्लियो मुख्यमन्त्री, एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्री बन्दै



धनगढी । सुदूरपश्चिमको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिन नागरिक उन्मुक्ति पार्टी तयार भएको छ। सोही अनुसार कांग्रेससहितको नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता लिएको छ र सो पत्र प्रदेश प्रमुखलाई दिएको छ।

नाउपाका सांसदहरूले दाबी छोड्न तयार भएपछि सत्तागठबन्धनले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति गरेका छन्। यसअघि नाउपाभित्रैबाट कैलास चौधरी र लक्ष्मण किशोर चौधरीले छुट्टा छुट्टै दाबी पेश गरेपछि मुख्यमन्त्री चयन प्रक्रिया रोकिएको थियो।

एउटै पार्टीबाट दुईवटा दाबी पेश भएपछि प्रदेश प्रमुख नजिर मिया कानुनी परामर्शमा थिए। तर, मंगलबार दिउँसो नाउपासँगै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र सांसदसहित बसेको बैठकमा सहमति जुटेको हो।

एकीकृत समाजवादीका सुदूरपश्चिम दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सहमति जुटेको माओवादी केन्द्रका सुदूरपश्चिम दलका नेता मानबहादुर धामीले जानकारी दिए । उनका अनुसार अब नयाँ सहमतिबारे प्रदेश प्रमुखलाई जानकारी दिइने छ। अब प्रदेश प्रमुखले फेरि मुख्यमन्त्रीका लागि दलहरूलाई आह्वानको सूचना दिनेछन्।


प्रतिक्रिया दिनुहोस !