१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपाली कामदारले कतारमा कम्पनी परिवर्तन गर्दा अब एनओसी नचाहिने



काठमाडौँ | कतारले श्रम कानुनमा संशोधन गर्दै कम्पनी परिवर्तन गर्दा कामदारले नो अब्जेक्सन सर्टिफिकेट-एनओसी पेश गर्नुपर्ने व्यवस्था हटाएको छ।

नयाँ व्यवस्थाअनुसार कम्पनी परिवर्तन गर्दा त्यसको जानकारी त्यहाँको सरकारलाई हुनुपर्नेछ। दुई वर्षभन्दा बढी अवधि कम्पनीमा काम गरिरहेको भए दुई महिनाको अग्रिम सूचना दिनुपर्ने, दुई वर्षभन्दा कम अवधि काम गरिरहेको भए एक महिनाको सूचना दिनुपर्ने र रोजगारदातासँग भएको करारको म्याद सकिने मिति भन्दा ३० दिनअघि सूचना दिनुपर्ने व्यवस्था गरिएको छ।

यसैगरि करार पत्रमा करारको म्याद सकिने मिति उल्लेख नभएमा पाँच वर्षपछि मात्र सूचना दिन सकिने र पाँच वर्षपछि सूचना दिँदा ६० दिनको सूचना दिनुपर्ने व्यवस्था गरिएको छ।

सूचनासँगै छाड्न चाहेको रोजगारदातासँगको करार पत्र, सो नभए रोजगारी दिने पत्र (इम्पोलोइमेन्ट अफर), जान चाहेको रोजगारदाताले अरवीमा लेखेको जागिर दिन्छु भन्ने पत्र(जव अफर) र रोजगारदाता परिवर्तन गर्न भरेको फारामसमेत संलग्न गर्नुपर्ने छ।

रोजगारदाता परिवर्तनको सूचना दिँदा कतारको श्रम मन्त्रालयको सूचना प्रणाली लिंकमा गएर दिनुपर्ने व्यवस्था छ। नयाँ रोजगारदातासँग भएको रोजगार करार पत्र बनाउने। कतारको श्रम मन्त्रालयवाट प्रमाणिकरण हुनु पर्नेछ।


प्रतिक्रिया दिनुहोस !