२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’



भैरहवा । 
रुपन्देहीका आर्टिष्ट कलाकारले आफुमा शिप र कला भएपनि व्यवसायिक रुपमा संकुचन हुदै गएको बताएका छन । आयतित बस्तुले कडा परिश्रम र कलाबाट बनेका बस्तुहरुको मुल्य नपाएको र व्यवसाय नै लोप हुने अवस्थामा पुगेको बताएका छन । 
नेपाल कमर्सियल आर्टिष्ट संघ जिल्ला कार्यसमिति, रुपन्देहीले नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो (क्यालेण्डर) विमोचन कार्यक्रममा बोल्दै कलाकारहरुले स्थानीय स्तरबाट नै आफुहरु पेशा बचाउन सकिने बताए । आर्टिष्टहरुलाई राज्यले उपेक्षित गरेको भन्दै कला व्यवसायीहरुले हकहीत, पहिचान, संरक्षण र सम्मानका लागि सबै कलाकार लाग्नु पर्ने बताए । 
कला व्यवसाय गरेर जीविकोपार्जन चलेपनि पछिल्लो समय यो पेशामा संकुचन आई पेशा नै संकटमा पर्न लागेको छ । कलाकारले कला अनुसारको मुल्य नपाएको, डिजिटलले माग घटाउनु, राज्यको हामी प्रति हेर्ने दृष्टिकोण र पहिचानलाई संकुचित गर्दै गरेकोले रोजगारी खोसिने अवस्था आएको नेपाल कमर्सियल आर्टिष्ट संघ रुपन्देहीका अध्यक्ष दिनेशमणि कोहारले भने । संघले कला संस्कृतिलाई बढावा दिदै आएको बताए । उनले भने, ‘पेन्टिङमार्फत विभिन्न सन्देश दिन खोजेका छौं । हामीलाई स्थानीय सरकारले अवसर दिनुपर्छ । लुम्बिनीमा कार्यक्रम गर्न पाउँदा खुसी भएका छौं ।’
कला र क्षमता भएपनि राज्यबाट उपेक्षित भएकोले नयाँ पिठीलाई यो पेशा तर्फ आकर्षित गर्न, कलाकार श्रमजीवी हो भन्ने गर्भको वातावरण बनाउन स्थानीय स्तरबाट पनि सहयोगको खाचो रहेको संघका सचिव विशन गुरुङले भने । 
कार्यक्रममा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले नगरपालिकाकोतर्फबाट  नेपाल कमर्सियल आर्टिष्ट संघलाई सक्दो सहयोग गर्ने बताए । उनले कलाकारको संरक्षणका लागि नगरपालिकाले आवश्यक काम अघि बढाउने बताए ।
त्यस्तै लुम्बिनी विकास कोषकी योजना प्रमुख स्मिता भट्टले आर्टिष्ट आफैमा राम्रो शब्द भएको बताइन् । उनले भनिन्, ‘हामीले परम्परागत कुराहरु बिर्सेर आयातित कुरामा ध्यान दिएका छौं, प्रयोग गरिरहेका छौं । यसले हाम्रो देशको पुँजी बाहिरिएको छ ।’ उनले कला संस्कृतिको प्रचारप्रसार गर्दै अझ व्यवस्थित गर्नुपर्नेमा जोड दिइन् । देशलाई सबल र सक्षम बनाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।
संघका संस्थापक अध्यक्ष उज्जवलकुमार दे कायस्थले स्थानीय सरकारले कला संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, नगरपालिकाले हाम्रो पेशाको कदर गर्नुपर्छ ।  संघका वरिष्ठ उपाध्यक्ष अशोक कुमाल, कोषाध्यक्ष तथा भित्तेपात्रो प्रकाशन समितिका संयोजक रवि घिमिरेलगायतले बोल्दै बुद्ध जन्मस्थल लुम्बिनीबाट यो कार्यकालको पहिलो कार्यक्रम गर्न पाउँदा गर्वको अनुभुति भएको बताए । पेन्टिङ मार्फत पनि धेरै सन्देशहरु दिन सकिने हुदा लुम्बिनी लगायतको क्षेत्रबाट स्थानीय सरकारसँग सहकार्य गर्दै अघि बढ्नु पर्ने बताए  ।
संघ अन्तर्गत रुपन्देहीका पेन्टिङ, बोर्ड, ब्यानर लेख्ने, डिजाइन गर्ने, थान्का पेन्टिङ, मिथिला आर्ट ग्लो साईनबोर्ड मूर्तिकला, चित्रकला, रबर–सेल्फ छाप, फ्लेक्स प्रिन्ट, मेटल इचिङ, मार्वल इचिङ (शिलालेख), डिजिटल बोर्ड, मेटल लेटर वक्र्स, स्टेज, स्टल डेकोरेशन ललितकला, ग्लास इचिङ, वाल पेन्टिङ, होर्डिङ बोर्ड, चित्राङ्कन, कार्टुन चित्र, छपाईसम्बन्धी कार्य गर्ने श्रमिक, टू–डी÷थ्री–डी बोर्ड, सिल्क आर्ट, काष्ठकला र हस्तकलालगायत व्यवसायीहरू छन ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय