२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

इजरायली सेनाको गुप्तचर विभागका प्रमुखको राजीनामा



इजरायली सेनाको गुप्तचर विभागका प्रमुख मेजर जनरल अहारोन हलिभाले राजीनामा दिएका छन् । अक्टोबर ७ मा हमासको हमलालाई असफल बनाउन नसकेको जिम्मेवारी लिएर उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

आक्रमण असफल बनाउन नसकेको जिम्मेवारी लिएर पदबाट राजीनामा दिने उनी पहिलो वरिष्ठ अधिकारी हुन्। सेनाले हरोन हलिवाको राजीनामा स्वीकृत गरेको छ ।

मेजर हलिवाले सेनालाई दिएको राजीनामा पत्रमा लेखेका छन्, ‘अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा घातक हमला गर्‍यो। मेरो नेतृत्वमा काम गर्ने टोलीले त्यो आक्रमण पत्ता लगाउन सकेन। त्यसबेलादेखि म छाती दुखेर बाँचिरहेको छु। त्यसैले मैले पदबाट राजीनामा दिने निर्णय गरेको छु ।’

अक्टोबर ७ मा हमासले इजरायलमा ५ हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको थियो । इजरायलका अनुसार यस हमलामा १ हजारभन्दा बढीको मृत्यु भएको थियो । सोही समयमा हमासले २५० भन्दा बढी व्यक्तिलाई बन्धक बनाएको थियो । यो हमला इजरायलमा हालैको सबैभन्दा ठूलो आक्रमण थियो, जसलाई इजरायली सेनाले रोक्न असफल भएको थियो ।

इजरायलका विपक्षी नेता यायर लापिडले पनि प्रधानमन्त्री नेतन्याहुलाई हमास विरुद्धको युद्धको अन्त्यको प्रतीक्षा नगरी ‘तत्काल’ राजीनामा दिन आग्रह गरेका छन् । ल्यापिडले अक्टोबर ७ को हमलापछि नेतान्याहुप्रति जनताको विश्वास गुमेको बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार मेजर हलिवापछि अन्य धेरै वरिष्ठ अधिकारीहरूले आक्रमणलाई असफल बनाउन नसकिएको जिम्मेवारी लिएर आफ्नो पदबाट राजीनामा दिन सक्नेछन् । हलिवाले गुप्तचर गल्तीको छानबिनमा सहयोग गर्ने पनि बताएका छन् ।

अर्कोतर्फ, इजरायली सेनाले पनि मेजर हलिभाको राजीनामाको बारेमा एक विज्ञप्ति जारी गरेको छ । सेनाले अर्को गुप्तचर प्रमुख चयन नभएसम्म मेजर हलिवा आफ्नो पदमा रहने जनाएको छ । 

इजरायलमा हमासको आक्रमणपछि नेतान्याहुले युद्धको घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल गएर नेतन्याहुलाई भेटेर हमासविरुद्धको लडाइमा समर्थन गर्ने निर्णय गरेका थिए ।

अहिले प्यालेस्टाइनमा ६ महिनादेखि युद्ध चलिरहेको छ । इजरायलको सैन्य अभियानमा ३४,०९७ मानिस मारिएका छन्, जसमध्ये अधिकांश महिला र बालबालिका छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय