२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

कर्मचारीको तलब नै नदिइ पुल्चोकको निदान अस्पताल बन्द, प्रहरीको शरणमा पुगे डाक्टर र नर्सहरु



काठमाडौं । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालले अस्पतालमा कार्यरत कर्मचारीको तलब नै नदिइ बन्द गरेको भन्दै त्यसमा कार्यरत डाक्टर र नर्सहरु प्रहरीकहाँ पुगेका छन् । अस्पतालका सञ्चालन अभिषेक श्रेष्ठले अस्पतालका डाक्टर, नर्स तथा सरसफाई कर्मचारीको तलब सहितको सेवा सुविधा नै नदिइ बन्द गरेको आरोप उनीहरुको छ । तीन महिनादेखि बिरामी भर्ना लिन बन्द गरेको अस्पताल हाल पूर्णरुपमा बन्द गरिएको छ ।

डाक्टरहरुले नै तलब नपाएपछि कर्मचारीहरु सामूहिक रुपमा संचालकमाथि कारबाही गरी तलब सेवा सुविधा उपलब्ध गराई पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा निवेदन दिएका छन् । जिल्ला प्रशासनले ललितपुरको अस्पताल सञ्चालकमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय ललितपुरलाई पत्राचार गरेको छ । अस्पतालमा कार्यरत डाक्टर÷नर्सहरु गरी ४३ जनाले निवेदन दिएका छन् । ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत छानबिनका लागि प्रहरीलाई पत्राचार भएको हो ।


प्रतिक्रिया दिनुहोस !