२८ बैशाख २०८१, शुक्रबार
 |   Fri May 10 2024
Logo

यमनका हुथी विद्रोहीले ब्यालेस्टिक मिसाइल हानेर अमेरिकी सैन्य ड्रोन खसाले



काठमाडौं । इरान समर्थित मानिने यमनका हुथी विद्रोही समूहले अमेरिकाको सैन्य ड्रोन खसालेको छ । अलजजिराका अनुसार अमेरिकाको एकक्यू नाइन नामको ड्रोन झारेका हुथीले अमेरिकी तेल कन्टेनरमा पनि क्षती पुर्याएका छन् । अमेरिकाले इजरायलले गाजामा गरेको नरसंहारको पक्षमा समर्थन गरेको भन्दै हुथीले यस्तो आक्रमण गर्दै आएको छ । हुथीलाई अमेरिका तथा बेलायती हवाई हमला भए तापनि उनीहरुको आक्रमण रोकिएको छैन ।

यस्तै हुथीले बेलायती स्वामित्वको इन्ड्रोमेडा स्टार नामको तेल कन्टेनरमा पनि प्रहार गरेको हुथीका प्रवक्ता याय सरीले बताएको अलजजिराले उल्लेख गरेको छ । इरानी समर्थन प्राप्त हुथीले अमेरिकी निशाना लक्षित गरेर लाल सागरमा तीन ब्यालेस्टिक मिसाइल प्रहार गरेको अमेरिकाले जानकारी दिएको छ । गत नोभेम्बर र फेब्रुअरीमा दुई अमेरिकी ड्रोन खसालेको हुथी विद्रोही समूहले शनिबार खसाएको यो तेस्रो ड्रोन हो ।


प्रतिक्रिया दिनुहोस !