३० बैशाख २०८१, आईतवार
 |   Sun May 12 2024
Logo

विश्वका प्रमुख प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा काठमाडौं



काठमाडौं । आज पनि मुलुकको राजधानी काठमाडौँ विश्वका प्रमुख प्रदूषित सहरको सूचीको पहिलो नम्बरमै छ। एयर क्वालिटी इन्डेक्सले सार्वजनिक गरेको विश्वका प्रमुख प्रदूषित १५ सहरको सूचीमा आइतबार पनि काठमाडौँ उपत्यका पहिलो नम्बरमा छ। गएको तीन दिनदेखि काठमाडौँ विश्वकै प्रमुख प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा कायम छ।

आज ९आइतबार० काठमाडौँको समग्र वायु गुणस्तर सूचकांक ९एक्यूआई० १७७ छ। गएको शुक्रबार काठमाडौँको वायु गुणस्तर सूचकांक २०६ थियो। विश्वकै प्रदूषित दोस्रो सहरको सूचीमा आज चीनको चेङ्दु प्रान्त छ भने तेस्रो स्थानमा थाइल्यान्डको चियाङ माईछ। चीको चेङ्दुको एक्यूआई आज १६९ छ भने थाइल्यान्डको चियाङ माइको १६८ छ।

प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने अवस्थाको सूचकको रुपमा लिइन्छ।


प्रतिक्रिया दिनुहोस !