३१ बैशाख २०८१, सोमबार
 |   Mon May 13 2024
Logo

शङ्खमूलमा भीषण आगलागी



काठमाडौं । काठमाडौंको शङ्खमूलमा आगलागी भएको छ । दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्‍याएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आइपुगेको छैन ।


प्रतिक्रिया दिनुहोस !