३० बैशाख २०८१, आईतवार
 |   Sun May 12 2024
Logo

इलामको प्रारम्भिक मतपरिणाम : कांग्रेसका खड्काको अग्रता, मुढाभन्दा पनि पछाडी रास्वपा



इलाम । इलाम क्षेत्र नम्बर २ को मतगणनाको प्रारम्भिक परिणाम आएको छ । हालसम्मको गणनामा नेपाली कांग्रेसका डम्बर खतिवडाले अग्रता लिएका छन् । डम्बर खड्काले ६५७, एमालेका सुहाङ नेम्बाङले ५३४, स्वतन्त्रबाट उठेका डकेन्द्रसिंह थेगिमले १८७ र रास्वापका मिलन लिम्बुले ११५ मत प्राप्त गरेका छन् । इलामको फाकफोकथुम गाउँपालिकाका मतपेटिका खोलेर गणना सुरू गरिएको हो। फाकफोकथुमको वडा नम्बर १ र २ बाट गणना थालिएको छ।

बिहान बसेको सर्वदलीय बैठकमा क्रमशः फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका र माई, देउमाई र इलाम नगरपालिकाको गणना गर्ने सहमति जुटेको थियो। आइतबार बिहान बसेको सर्वदलीय बैठकपछि करिब १२ बजेबाट मतगणना सुरु गरिएको थियो। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले आजै बेलुकीसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको बताएका छन्। इलाम–२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन्। त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन्। १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।


प्रतिक्रिया दिनुहोस !