३० बैशाख २०८१, आईतवार
 |   Sun May 12 2024
Logo

वेस्ट इन्डिज एले नेपाललाई हरायो



काठमाडौं । पाहुन टोली वेस्ट इन्डिज एले पाँच खेलको टी ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपाललाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा वेस्ट इन्डिज एले नेपाललाई १० रनले पराजित गरेको हो । यससँगै सिरिज १ १ को अवस्थामा पुगेको छ । आइतबारको खेलमा १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५० रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ७१ रन बनाएपनि जितका लागि पर्याप्त भएन । लोकेश बमले १७ र आरिफ शेखले १२ रन बनाए । गुल्सन झाले ११ बलमा ३ चौका र २ छक्का हिर्काउँदै २६ रन बनाएर आउट भए । वेस्ट इन्डिज एका लागि गुडाकेस मोटी र ओवेद म्याककोयले २/२ तथा ओसाने थोमस र रोस्टन चेजले १/१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज एले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । वेस्ट इन्डिज एका लागि आन्द्रे फ्लेचरले ४३, कप्तान रोस्टन चेजले २३ रन, जोनसन चार्ल्सले ११ तथा केसी कार्टीले १० रन बनाए । गुडाकेस मोटीले ३३ रन बनाए । नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले २/२ तथा दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १/१ विकेट हात पारे ।


प्रतिक्रिया दिनुहोस !