३१ बैशाख २०८१, सोमबार
 |   Mon May 13 2024
Logo

एमालेका सुहाङ नेम्वाङको डम्बर खड्का भन्दा ७८० बढी मत, पुछारमा घण्टी



काठमाडौं । इलाम २ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । फाकफोकथुम गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा उनले कांग्रेस उम्मेदवार डम्बर खड्काले भन्दा ७८० मत बढी पाएका छन् । नेम्वाङले ३२४९ मत पाएका छन् भने कांग्रेसका खड्काले २४६९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७०३ मत पाएका छन् । त्यस्तै चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ४३४ मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !