४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

सिके राउतको रवि लामिछानेलाई सुझाव- बारा र इलाममा जमानत जफत भयो, विचार गर्नुहोला



काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बारा र इलाममा जमानत जफत भएको विषय विचार गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा उपनिर्वाचन बारे टिप्पणी गर्दै राउतले रास्वपा नेतृत्वलाई एक्लै दुई तिहाइ ल्याइन्छ भनेर ढुक्क बसेकोमा बारा र इलाममा जमानत जफत भएको सम्झाएका हुन् ।

उनले भनेका छन्-  ‘रास्वपाको नेत्तृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो – मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई-तिहाई एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो।  बारा र इलाममा जमानत जफ्त भएको भोग्नु भयो, विचार गर्नुहोला। शुभचिन्तकको नाताले मात्रै खुल्लेआम भन्दैछु ।’

उनले आफ्नो समेत धरातल देखिएको भन्दै नयाँलाई जनताले मत दिन्छ र उथलपुथल हुन्छ भने अपेक्षा राख्नु गलत भएको टिप्पणी गरेका छन् । साथै उनले नयाँ किसिमको व्यवस्था नगरे ८४ मा पनि अहिलेको भन्दा फरक केहि नहुने दाबि गरेका छन् ।

इलाम- २ मा जनमतका उम्मेदवार प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका थिए ।   


प्रतिक्रिया दिनुहोस !