४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

कर्णालीमा पाँच मन्त्रीले लिए शपथ, असन्तुष्ट शाह गएनन्



सुर्खेत । कर्णाली प्रदेशमा नयाँ थपिएका एक राज्यमन्त्रीसहित पाँच मन्त्रीले शपथ लिएका छन्। मंगलबार प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। मंगलबार सत्तारुढ दल नेकपा माओवादी केन्द र नेकपा एमालेबाट तीनरतीन जना नयाँ मन्त्री नियुक्त भएका हुन्।

माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा रूकुमपश्चिमका महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्गबहादुर रावत र सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही नियुक्त भएका छन्।

यस्तै, एमालेबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्रीमा शेरबहादुर बुढा र भौतिक पूर्वाधार तथा सहकारी विकास राज्यमन्त्रीमा गमता विक नियुक्त भएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरे।

शपथ ग्रहण समारोहमा एमालेबाट कृषि मन्त्री नियुक्त विनोदकुमार शाह भने उपस्थित भएनन्। दलभित्र कुनै छलफल नगरी मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीहरूको नाम सिफारिस गरेको भन्दै शाह शपथमा सहभागी नभएका उनी निकट स्रोतले बतायो।


प्रतिक्रिया दिनुहोस !