४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

भीरबाट लडेर ताप्लेजुङमा एक जनाको मृत्यु



ताप्लेजुङ, १८ बैशाख । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु भएको छ। सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका हस्तबहादुर थेबे लिम्बूको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घाँस काट्नलाई जङ्गल गएका लिम्बूको लेक्सेन भीरबाट लडेर मृत्यु भएको हो। निकै अप्ठ्यारो उक्त भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

घटनाको खबरपछि इलाका प्रहरी कार्यालय तेल्लाकका प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। यता घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !