४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

इन्डोनेसियन नेशनल पुलिस हेडद्धारा सशस्त्रको प्रधान कार्यालयको अवलोकन



????????????????????????????????????

काठमाडौँ  । इन्डोनेसियन नेशनल पुलिस हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजनका प्रमुख आइजीपी कृष्ण मुर्तीसहितको ६ सदस्यीय टोलीले बैशाख २० गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।

सो अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा आइजीपी कृष्ण मुर्तीले इन्डोनेसियन नेशनल पुलिसको बारेमा जानकारी गराउदै संयुक्त राष्ट्र संघीय मिशन तालिम लगायत अन्य विविध तालिमहरुमा समेत दुई देश बीच सुरक्षाकर्मीहरुको एक आपसमा सहभागीता बढाउँदै सुरक्षाकर्मीहरुको क्षमता अभिबृद्धि गराउनु पर्ने बताए ।

कार्यक्रममा अवलोकन भ्रमण टोलीले सशस्त्र प्रहरी बल नेपालको बारेमा राखेका विविध जिज्ञासाहरुको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले प्रष्ट पार्नुकासाथै दुई देशका संगठनहरुबीच आपसी सहयोग र सहकार्य भविष्यमा समेत निरन्तर रहिरहने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नेत्र बहादुर कार्कीले सशस्त्र प्रहरी बल नेपालको परिचय, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा सहभागिता लगायतका विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको सो कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

आइजीपी कृष्ण मुर्तीसहितको टोलीले शुक्रबार सशस्त्र प्रहरी बल नेपालको यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनीको भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस !