५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

मोरङबाट लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ



काठमाडौं, २२ बैशाख । मोरङको रतुवामाई नगरपालिका-६ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार बेलुकी साढे ६ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री देश भारत अररियाका ३४ वर्षीय फिरोज सिद्दकीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसगुर ४ ग्राम २९० मिलिग्राम र नगद ४३ हजार ५०० रुपैयाँ बरामद गरेसगै पक्राउ गरेको हो। 

उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !