५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन पालिकाबाट नहटाउन निजगढ नगरपालिकाको आग्रह



सुरुचि भण्डारी, बारा 

राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि बाराको ईलाका प्रशासन कार्यालय सिमराले अधिक जनसंख्या रहेको निजगढ नगरपालिकाको आग्रहमा एक मात्र स्टेशनबाट सम्पादन गर्न कठिन भएको भन्दै गत चैतमा थप एक स्टेशन थपेको थियो । तर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरवारको परिपत्रपछि जिल्ला प्रशासन कार्यालय बाराले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको कार्य जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय मार्फत मात्र हुने भन्दै दर्ता अपरेटर सहित सम्पुर्ण सामाग्री फिर्ता लगेको छ ।

जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयसम्म पुग्न स्थानियलाई सास्तीहुने तथा राष्ट्रिय परिचयपत्र बनाउन टाडा जानुपर्ने, भिडभाडका कारण निकै समय तथा दिनसम्म लाग्नेभन्दै उक्त स्टेशनमा कार्यरत जनशक्तिको पारिश्रमिक लगायतको आवश्यक खर्च नगरपालिकाको कार्यालयले भुक्तानी गर्ने भन्दै निजगढ नगरपालिकाको नगरकार्यपालिकाको बठैकले गत चैत ७ गते निर्णय गर्दै यस पालिकामा भएको राष्ट्रिय परिचयपत्रको सेवा फिता नलिन सम्बन्धीत निकायलाई पटक पटक पत्रचार गरेको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले भने,‘सेवाग्राहीलाई सहज हुने हिसाबले स्थानिय तहमा आएको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनबाट यस पालिकामा करिब ६० प्रतिशत नगरिकहरुको राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेको हुदाँ सेवा निरन्तर गर्न पालिकाले समन्वय गरेको भएतापनि कुनै जवाफ नआएको हुदाँ आजबाट राष्ट्रिय परिचयपत्र बनाउने काम जिल्ला र ईलाका प्रशासनबाट भएको बताए ।’ 

सम्पुर्ण सामाग्री र अपरेटर फिर्ता भएपछि बिहिबारबाट बाराको निजगढ नगरपालिकाबाट भईरहेको विवरण सङ्कलन गर्न अब जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयसम्म पुग्न स्थानिय बाध्य भएका छन । 

सेवाग्राहीको भीडलाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालयले पालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट निजगढमा नगरपालिकामा केन्द्र खडा गरी राष्ट्रिय परिचयपत्र सम्बन्धित पालिकाबाट नै बनाउने कार्य राम्रो थियो, निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले भने भीडभाड रहित रुपमा सेवाग्राहीले सहज रुपमा पाएको सेवा पुनः फिर्ता लगेर जनतालाई दुःख दिने काम भएकाले निजगढ नगरपालिकाले पञ्जीकरण विभागसंग समन्वय भईरहेको बताए । नगरप्रमुख पुरीले भने,‘निजगढ नगरपालिकाको भैगोलिक बनावटका कारण सर्वसाधरण निजगढ नगरपालिकामै सहज रुपले आउन सक्ने अवस्था छैन । निम्न आय भएका तथा जेष्ठ नागरिकहरुको परिचयपत्र बनाउन वडा वडा सम्म पुर्याउने तयारी गरीरहेको बेलामा फिर्ता लगिएको छ । हामी सेवा पुनः संचालन गराउन पहल गरिरहेका छै ।’

वडा वडामा पुग्नुपर्ने सेवा पुनः प्रशासन कार्यलयमै 
यसअघि स्थानीय तहसँग समन्वय गरी सबैलाई पायक पर्ने स्थानमा केन्द्र स्थापना गरेर कम्प्युटरलगायत उपकरणसहित तत्काललाई कर्मचारी खटाइएको थियो जसले गर्दा जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय हुदै आएको भिड र परिचय पत्र बनाउनका निम्ती नागरिकलाई हुदैँ आएको सास्तीमा समेत कम भएको थियो तर पुनः यो सेवा प्रशासनमै पुगे पछि स्थानियले समेत आलोचना गरेका छन ।  

निजगढ नगरपालिका ३ की बिमला राई बिहिबार २२ वर्षिय छोराको पासपोर्ट बनाउन निजगढ नगरपालिकाको कार्यलयमा आएकी थिईन तर सो सेवा नगरपालिकामा नभएपछि उनी सिमरा स्थीत ईलाका प्रशासन कार्यलयमा पुगिन तर त्यहाँबाट भिड भएका कारण उनको छोराको परिचयपत्र बनेन तर उनलाई आईतबार बिहान १० बजे आउन भन्दै फिर्ता पठाएको राईले बताईन । उनले भनिन,‘पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ तर सरकारबाट प्राप्त हुने सेवा पालिकाबाट फिर्ता गरेर उल्टै नागरिकलाई दुःख दिने काय भएको छ । सेवा वडा सम्म आउनुपनेमा पालिकाबाटै फिर्ता लगिनु राम्रो होईन ।’

बारा जिल्लाका १६ वटै स्थानीय तहबाट भईरहेको राष्ट्रिय परिचयपत्र आवश्यक विवरण सङ्कलन कार्य आजबाट जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयबाट मात्र हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरवारले गरेको परिपत्र अनुसारनै जिल्लाको १६ वटै स्थानीय तहबाट विवरण सङ्कलन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए । 

यता राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक (राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा) का मुकेश कुमार केशरीले मधेश प्रदेशका प्रत्यक पालिकाबाट दैनिक ४० वटा परिचयपत्रको बिवरण भरिने लक्ष्य बमोजिम स्थानीय तहबाट विवरण सङ्कलन थालिएको भएतापनि यस प्रदेशबाट १८ महिना सम्मको डाटालाई हेर्दा लक्ष्य बमोजिम पुरा नभएका कारण फिर्ता ल्याईएको जानकारी दिए । निर्देशक केशरीले भने,‘विवरण सङ्कलन गर्न धेरै बार्की रहेका स्थानीय तहसंग समझौता गरेर पुनः संचालन गर्न सकिने तथा ४० दिन सम्म वडा वडामा पुगेर बिवरण संकलन गर्न सकिन्छ अहिले पालिकामा भएका कर्मचारीलाई फिर्ता बेलाएरको अर्को कारण भनेको बनेका परिचय पत्र बाड्न समेत हो । कुनै पालिकाहरुबाट माग हुने बितिक्कै हामी पुनः विवरण सङ्कलन गर्न पठाउँछौँ।’


 


प्रतिक्रिया दिनुहोस !