५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

एक जना मान्छे प्रधानमन्त्री बन्छु भन्दै कराउँदै हिँडेका छन्, म त त्यसो कहीँ पनि देख्दिनँ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै प्रधानमन्त्री खान नपाएर हर्‍याकहर्‍याक गरिरहेको टिप्पणी गरेका छन् । एमाले रसुवाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू अहिले प्रधानमन्त्री दौडमा नरहेको बताए । ओलीले भने, मैले सरकारको नेतृत्व छाडेपछि देशको अर्थतन्त्र ध्वस्त भयो । हामीले हेरिरहेका थियौं, गठबन्धनले चलाइराखेको छ चलाओस् भनेर । तर, गठबन्धन कोही यता तान्या छ, कोही उता तानेको छ, मन्त्री हुनेभन्दा अरु केही कुरै छैन । अहिले पनि तपाईंहरुले देखिराख्नुभएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर प¥या छ, पोल्या छ भत्भत भनेर, कता प्रधानमन्त्री हुन आँटेको हो रु म त कहीँ पनि देख्दिनँ, उनलाई आफैंलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने । अरुले मन पराएका छैनन् भन्ने कस्तो नथापाको ।


प्रतिक्रिया दिनुहोस !