५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

राष्ट्रपति पौडेलले दिए विश्वकप खेल्ने क्रिकेट खेलाडीलाई शुभकामना



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन् ।

अमेरिका र बेस्ट इन्डिजमा आयोजना हुन लागेको विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको  शुभकामना व्यक्त गरेका हुन् ।

नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दै छ । टी-२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ । यस समूहमा

दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन् । नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग विश्वकपको सुरुवात गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !