५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

डडेल्धुरामा टिपर दुर्घटना : धादिङका २ युवकको मृत्यु, २ घाइते



डडेल्धुरा । डडेल्धुराको नवदुर्गामा गएराति टिपर दुर्घटना हुँदा २ युवकको मृत्यु भएको छ। दुर्घटनामा परेर थप दुईजना घाइते भएका छन्। नवदुर्गा गाउँपालिका–४ सुरुडामा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको टिपर गएराति करिब ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए।

‘दुर्घटनामा ट्याक्टर चालक धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय धिरज थापा मगर र धादिङकै रोराङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको पुष्टि चिकित्सकले गरेका छन्,’ नायकले भने, ‘बाँकी दुई घाइते खतरामुक्त छन्।’

दुर्घटनामा धादिङकै ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका–४ सिरुडाका २८ वर्षीय हिक्मत विक घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। बेलापुरबाटसिरुडास्थित रामजाने कन्ट्रक्सनको क्याम्पतर्फ जाँदै गरेको टिपर सिरुडास्थित भित्री सडकमा दुर्घटनामा परेको हो। दुर्घटनामा मृत्यु हुने र घाइते हुने युवक टिपरका मजदुर हुन्।


प्रतिक्रिया दिनुहोस !