६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

पार्टी फुटको हल्लापछि एकीकृत समाजवादीले भन्यो-संसदीय दल एकताबद्ध छ



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेटबारे सरकारलाई रचनात्मक सुझाव दिने निर्णय गरेको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बसेको संसदीय दलको बैठकले कानुन निर्माणको प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय पनि गरेको छ ।

बैठकले संसदीय दलका सम्बन्धमा चलाइएको हल्ला गलत रहेको समेत जनाएको छ । “संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरू गलत रहेको र त्यस्ता भ्रमहरूमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिवद्धता व्यक्त गरेको छ,” मेटमणी चौधरीले विज्ञप्ति जारी गरेर भनेका छन् । जसपाको विभाजन पछि एकीकृत समाजवादीमा पनि फुट आउने राजनीतिक वृत्तमा चर्चा चलेको छ ।


प्रतिक्रिया दिनुहोस !