६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

चट्याङले एक जनाको मृत्यु : एकै घरका ३ जना घाइते, घर पूर्ण रूपमा नष्ट



अछाम । अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको हो । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिए ।

यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका ३ जना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।


प्रतिक्रिया दिनुहोस !