६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी रहेको राससलाई बताउनुभयो ।

उहाँले इलाम निर्वाचन क्षेत्र नं २ को सम्पन्न उपनिर्वाचनका सम्बन्धमा छलफलसँगै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका सम्बन्धमा पनि छलफल जारी रहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !