१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

छलफलबारे माधव नेपाललाई बिफ्रिङ गरेर बैठकमा फर्किए घनश्याम भुसाल



काठमाडौँ– नेकपा एमाले भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठकको बीचबाटै बाहिरिएका नेपाल पक्षीय नेता घनश्याम भुसाल एक घण्टापछि फेरि बैठकस्थलमा प्रवेश गरेका छन्।

एक घण्टाअघि बैठकबाट बाहिरिएका नेता भुसालले नेता माधवकुमार नेपाललाई बैठकमा भएका छलफलबारे बिफ्रिङ गरेका थिए।

बानेश्वरस्थित एक होटलमा नेता नेपालालाई बैठकको बिफ्रिङ गर्नुका साथै उनको सुझाव लिएर नेता भुसाल बैठकस्थल आइपुगेका हुन्।

बिहान सवा ९ बजेदेखि बैठक अहिले पनि जारी छ।


प्रतिक्रिया दिनुहोस !