१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

भ्रष्टाचारको छानबिन गर्ने नै भए लडाकुको शिविरबाटै सुरु गरौँ : ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई भ्रष्टाचारको छानबिन गर्ने नै भए लडाकुको शिविरबाटै सुरु गर्न सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारको साझा न्यूनतम कार्यक्रम विपक्षी विरुद्ध झुटको पुलिन्दा भएको टिप्पणी गर्दै सो बताएका हुन् । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले क्यान्टोनमेन्टको भ्रष्टाचार, विगतको लुट, निजी सम्पत्ति कब्जालगायतका विषयमा छानबिन गर्नुपर्ने बताएका हुन् । बैठकको सम्बोधन गर्दै उनले भने, ‘भ्रष्टाचारीलाई कारबाही गर्ने रे !’ ‘क्यान्टोनमेन्टको भ्रष्टाचार, विगतको लुट, निजी सम्पत्ति कब्जाको छानबिन हुन्छ ?’


प्रतिक्रिया दिनुहोस !