३१ बैशाख २०८१, सोमबार
 |   Mon May 13 2024
Logo

अछाममा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १५ भन्दा बढी घाइते



धनगढी । अछामको पन्चदेवल बिनायकमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। जन्ती गएर फर्किएको जिप पन्चदेवल बिनायक नगरपालिका १ कुइकामा आइतबार राति भएको जीप दुर्घटनामा गाडी चालकसहित १५ जना भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षका जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। यस्तै सोही वडाका १७ वर्षीय हिमाल नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ। घाइते १५ जना मध्ये १३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइहेको छ भने २ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।


प्रतिक्रिया दिनुहोस !