३ जेष्ठ २०८१, बिहीबार
 |   Thu May 16 2024
Logo

शशांकलाई उछिन्दै मुक्ताकुमारी यादवले ल्याइन् सर्वाधिक मत



नेपाली कांग्रेस केन्द्रीय समिति सदस्यमा हालसम्म मुक्ताकुमारी यादवले सर्वाधिक मत ल्याएकी छन्।

कूल खसेको ४६७१ मतमा यादवले ३९६० मत प्राप्त गरेकी हुन्। खुला केन्द्रीय सदस्यमा ३८३६ मत ल्याएर पहिलो नम्बरमा रहेका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई उनले पछि पारेकी हुन्। यादव राष्ट्रिय सभाकी पूर्वसांसद हुन्।

मधेशी चार महिला केन्द्रीय सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको थियो। विजयी अन्य तीनमा मिनाक्षी झा, नागिना यादव र मञ्जुकुमारी यादव छन्। मिनाक्षीले ३०१२, मञ्जु कुमारीले २८८६ र नागिनाले २८४६ मत प्राप्त गरेका छन्।

विजयी चारै जना संस्थापन पक्षका उम्मेदवार हुन्।


प्रतिक्रिया दिनुहोस !