६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौं, २९ पुस

पछिल्लो २४ घण्टामा ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट यो संख्यामा संक्रमण पुष्टि भएको हो । 

यस्तैगरी, पछिल्लो २४ घण्टामा दुई सय ७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा हाल १४ हजार तीन सय ४० जना सक्रिय संक्रमित रहेका छन् । साथै सरकारले पछिल्लो एक दिनमा तीन लाख ५६ हजार चार सय जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाएको छ ।   


प्रतिक्रिया दिनुहोस !