६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

पोल सार्न घुस माग्ने विद्युत प्राधिकरणका कर्मचारी अख्तियारको नियन्त्रणमा



स्थानीयले घर बनाउनका लागि ‘पोल सारी पाऊँ’ भनेर निवेदन लिएर जाँदा घुस माग्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

नियन्त्रणमा पर्नेमा नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रिड महाशाखा सब–स्टेसन पाटन ललितपुरका सब स्टेसन प्रमुख सोमप्रसाद पहाडी हुन् । गोदावारी नगरपालिका वडा नं १ स्थित दमाइँटारका स्थानीयले आफ्नो निजी जग्गामा प्राधिकरणले गाडेको पोल सारिदिन निवेदन दिएका थिए ।

तर, पहाडीले सो काम गरिदिनका लागि एक लाख ४० हजार रूपैँया घुस माग गरे । सोही सूचनाका आधारमा आयोगले उनलाई घुस रकमसहित प्राधिकरण काठमाडौं ग्रिड महाशाखा सब स्टेसन पाटनको कार्यालयबाट नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !