१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

साँडेसँग लड्दिन भनेर बाख्राहरुले गठबन्धन गरे : ओली



विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हैसियतमा रहेर बोल्न सुझाव दिएका छन् । शुक्रबार एमाले विराटनगरले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै ओलीले प्रचण्डलाई आफ्नो हैसियत हेरेर अरुको हैसियत नाप्न सुझाव दिए । उनले भने, ‘कांग्रेसले घमन्ड नगरोस् नत्र एमालेकै हालत बनाइदिउँला भनेर एक जना नेताले भाषण गरेछन् । ती नेताको हाइट कतिको छ भनेर हेरेको त घुँडा घुँडा मात्रै रहेछ ।’

ओलीले पाँच दलीय गठबन्धन नहुँदा धुलोपिठो हुने भएकाले अहिले नै गठबन्धन नटुट्ने पनि बताए । साथै, ओलीले आफूलाई साँढे र अरूलाई बाख्रासँग तुलना गरेका छन् । उनले भने, ‘साढेसँग लड्न सक्दिन भनेर उनीहरूले गठबन्धन गरेका हुन् । गठबन्धनमै रहेका केहि दलहरुको हैसियत बाख्रा सँग लड्न सक्ने खालको छ ।’


प्रतिक्रिया दिनुहोस !