Saturday, September 21, 2024

ट्रेन्डिङ :

केन्द्र सरकारविरुद्ध निर्मम आन्दोलन गर्ने मधेस सरकारको चेतावनी, सात दिने अल्टिमेटम

जनकपुरधाम । मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले एक हप्ताभित्र प्रहरीलाई हस्तान्तरण गर्न प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीसँग माग गरेका छन् । मन्त्री साहले प्रदेश प्रमुख मिश्रमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन-पत्र बुझाउँदै निर्वाचनअगावै अर्थात् एक हप्ताभित्र प्रहरी हस्तान्तरण गर्न माग गरेका हुन् ।

तोकेको सीमाभित्र प्रदेश प्रहरी समायोजन तथा हस्तान्तरण नभए शान्तिपूर्ण अहिंसात्मक विरोधका कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार बाध्य हुने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।

केहि दिनअगाडि मन्त्री साहले मधेस भवनमा पत्रकार सम्मेलन गरी संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो । आन्दोलन गर्नुअघि उनले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाएर चेतावनी दिएका छन् ।

‘संविधान तथा संघीय ऐनले प्रहरी र शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशलाई सुम्पिएको छ’, ज्ञापन पत्रमा भनिएको छ, ‘प्रहरी समायोजनमा संघीय सरकारले कुनै तदारुकता नदेखाउँदा प्रहरी र प्रशासन विनाप्रदेश सरकारको अनुभूत हुन नसकेको व्यहोरा सादर अनुरोध छ ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?