१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

पढाई हुने कक्षा कोठामा निर्वाचन अधिकृतको कार्यालय



राजविराज । दसैं बिदापछि यही असोज २४ गते सप्तरीको सर्वोदय उच्च माध्यमिक विद्यालय कंचनपुर खुल्ने तालिका छ । तर असोज २० गते बिहीबार नै विद्यालयको कक्षा संचालन हुने कोठामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । कक्षा ३, ४ र ५ को पढाई हुने कोठामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको प्रधानाध्यापक तारानन्द मल्लिकले बताए । 

निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्तादेखि मतगणनासम्म हुने कार्यक्रम छ । असोज २४ गतेदेखि उक्त विद्यालय खुल्ने भएकाले कार्यालय स्थापनाले पढाई प्रभावित हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै उक्त विद्यालयमा हतियारसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बिहीबार सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित चारवटै प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय संचालनमा ल्याइएको हो । जसअन्तर्गत क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय कंचनरुप नगरपालिकाको कंचनपुरस्थित सर्वोदय उच्च माविको भवनमा खोलिएको हो ।


प्रतिक्रिया दिनुहोस !