२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

सुर्खेत २ मा कांग्रेसलाई एमालेले उछिन्यो, १३२ मतको अग्रता



सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ को मतपरिणाम आउँदै गर्दा नेपाली कांग्रेसलाई नेकपा एमालेले उछिनेको छ। प्रतिनिधिसभातर्फ ११ सय ८२ मत गनिसक्दा त्यहाँ कांग्रेसका हृदयराम थानीलाई एमालेका अमृतबहादुर बिसीले उछिनेका हुन्। 

यसअघि थानीले यहाँ अग्रता लिइरहेका थिए। ताजा अवस्थामा एमालेका बिसीले ६५० मत ल्याएर अग्रता बनाएका छन्। अहिले १३२ मतले पछि परेका कांग्रेसका थानीले ५१८ मत ल्याएका छन्। त्यस्तै यहाँ १४ मत बदर भएको छ। त्यहाँ यसअघि ३२२ मत गन्दा कांग्रेसका थानी १६८ मतसहित अगाडि थिए। एमालेका बिसीले १५० ल्याएका थिए। तर अब एमाले अगाडि लागेको छ। 


प्रतिक्रिया दिनुहोस !