काठमाडौ । कर्णाली प्रदेशको समानुपातिकतर्फको अन्तिम मत मतपरिणाम सार्वजनिक भएको छ। जसमा नेकपा एमाले पहिलो दल बनेको छ।
कूल खसेको ६ लाख २० हजार ९ सय २३ मत मध्ये ५ लाख ७४ हजार ६६ मत सदर भएको छ। जम्मा सदर मत मध्ये नेकपा एमाले १ लाख ८३ हजार ९ सय ५० मत प्राप्त गरि पहिलो दल बन्दा नेपाली कांग्रेसले १ लाख ७० हजार ७ सय ५६ मत प्राप्त गर्दै दोस्रो दल बनेको छ।
नेकपा माओवादीले १ एक ३७ हजार ६ सय २९ मत प्राप्त गरि तेस्रो दल बनेको छ।
प्रत्यक्षतर्फ भने कर्णालीबाट एमाले बढारिएको छ। मधेश प्रदेशमा उल्लेख्य प्रगति गरेको दल एमालेले कर्णाली प्रदेशमा भने कुनैपनि क्षेत्रमा जित निकाल्न सकेन्।
यसअघिको निर्वाचनमा भने कर्णाली प्रदेशका ६ क्षेत्रमा जित निकालेर एमाले पहिलो दल बनेको थियो। त्यतिबेला नेकपा एमाले र माओवादीबीच वामगठबन्धन बन्दा कांग्रेस बढारिएको थियो।
यस्तै, एकीकृत समाजवादी ३५ हजार ८ सय २६ र राप्रपाले २५ हजार १ सय ८६ मत प्राप्त गरेका छन्।
यो मत परिणाम अनुसार समानुपातिकतर्फका १६ सिटमा एमाले ५, कांग्रेस ५, माओवादी ४, समाजवादी १ र राप्रपाले १ सिट पाउने देखिन्छ।